पोखरा । पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिदमामा महालक्ष्मी लाईफ इन्स्योरेन्स जीवन बीमा पोलिसी उपहार प्राप्त हुने भएको छ ।
मुक्ति इनर्जिका कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीवन बीमा र रु एक लाखको घातक रोग बीमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघ सम्म रहने र मुक्तिका कुनै पनि सामान खरिदमा महालक्ष्मीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखि २० प्रतिशत सम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए ।
सो सम्बन्धी समझदारी पत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र मुक्ति इनर्जिका संचालक प्रकाश आचार्यले हस्ताक्षर गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस