पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | ०८:२१:०० मा प्रकाशित
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबारदेखि १४औँ एन प्याव्सन खेलकुद महाेत्सव औपचारिक रुपमा शुरु भएको छ ।
मंसिर २१ गतेदेखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भएपनि औपचारिक रुपमा भने मंगलबारदेखि शुरु भएको महोत्सवको उद्घाटन गर्दै संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
पोखरा पर्यटनको राजधानीसँगै खेलकुदको राजधानीको रुपमा पनि जोडिन जरुरी छ’ उनले भने ‘पोखरालाई खेलकुदको राजधानी बनाउनका लागि मन्त्रालयबाट पनि सहयोग रहने छ ।’
उनले निजी तथा आवासीय विद्यालयले गरेको खेलकुदका गतिविधिले नै खेलाडी उत्पादन गर्न सकेको बताए ।
पछिल्लो समय नेपाल भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीहरुलाई पढासँगै खेल क्षेत्रमा पनि समावेश हुन आग्रह गरे ।
नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले विद्यार्थीलाई सवल र सक्षम बनाउनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै यस्ता खालका कार्यक्रमबाट नै निजी विद्यालयतर्फ आकर्षण बढेको उल्लेख गरे ।
‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्दैछन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यसैगरी मंगलबार नै भएको मार्च पासमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम अञ्जुली बोर्डिङ स्कुल द्वितीय, शान्तिवाटीका इंगलिस स्कुल तृतीय र मर्निङ ग्लोरी एकेडेमी स्कुल चौथा भएका छन् ।
त्यसैगरी छात्र तर्फको १५०० मि. दौडमा सिद्धार्थ लवडेल बोर्डिङ स्कुलका दुतराज गुरुङ प्रथम, अक्सफोर्ड स्कुलका ईश्वर ढकाल द्धितीय र रिलायन्स पब्लिक इंगलिसका प्रिन्स परियार तृतीय भए ।
त्यसैगरी छात्रा ८०० मि.तर्फ त्रिवेणी पब्लिकी कविता घर्ती प्रथम, हेम्जा वोर्डिङ स्कुलकी स्टर मगर द्वितीय र ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेलले जानकारी दिए ।
यसैगरी छात्र बास्केटबल तर्फ त्रिवेणी पब्लिक प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा युनिभर्स इंगलिस वोर्डि स्कुल र सिद्धार्थ लवडेल वोर्डिङ तृतीय भएका छन् ।
नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपाने लगायतले बाेलेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिकृया दिनुहोस