पाेखरा -२९ काे शुभकामना आदानप्रदान तथा चियापान
- गाउँ सहर संवाददाता
- २२ कार्तिक बुधबार, २०८० | १८:०४:०० मा प्रकाशित
पाेखरा । पोखरा महानगरपालिका वडा नम्वर २९ ले तिहार, नेपाल संम्वत, छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
लेखनाथको भण्डारढिकमा रहेको नजप्रकाश माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नेपालीहरुका चाडपर्वहरुले एकता र सद्भाव कायम गर्ने बताए । उनले नेपालीहरुका मौलिक चाडपर्वहरुको संरक्षणका लागि महानगरले भूमिका खेल्ने बताउँदै चापर्वहरुले राष्ट्रिय एकता कार्यम गर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष श्रीप्रसाद गुुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै उपप्रमुुख मञ्जुुदेवी गुुरुङले मौलिक चाडपर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताइन् । उनले नेपाल भौगोलिक रुपमा सानो भएपनि सांस्कृतिक र प्राकृतिक रुपमा सम्पन्न रहेको बताइन् ।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य विष्णु पुन, पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा २९ का निर्वतमान वडा अध्यक्ष चेतबहादुर गुुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रमोद भण्डारी, नेपाली काँग्रेस वडासभापति दिपकमणि भण्डारी, माओवादी केन्द्रका अध्यक्ष लालबहादुर सुनार, रास्वपा वडा उपाध्यक्ष दुुर्गा राना, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संञ्चालन आविष्कार पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस