पाेखरा -२९ काे शुभकामना आदानप्रदान तथा चियापान
- गाउँ सहर संवाददाता
- २२ कार्तिक बुधबार, २०८० | १८:०४:०० मा प्रकाशित

पाेखरा । पोखरा महानगरपालिका वडा नम्वर २९ ले तिहार, नेपाल संम्वत, छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
लेखनाथको भण्डारढिकमा रहेको नजप्रकाश माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नेपालीहरुका चाडपर्वहरुले एकता र सद्भाव कायम गर्ने बताए । उनले नेपालीहरुका मौलिक चाडपर्वहरुको संरक्षणका लागि महानगरले भूमिका खेल्ने बताउँदै चापर्वहरुले राष्ट्रिय एकता कार्यम गर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष श्रीप्रसाद गुुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै उपप्रमुुख मञ्जुुदेवी गुुरुङले मौलिक चाडपर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताइन् । उनले नेपाल भौगोलिक रुपमा सानो भएपनि सांस्कृतिक र प्राकृतिक रुपमा सम्पन्न रहेको बताइन् ।
नेकपा एमाले गण्डकी प्रदेश सदस्य विष्णु पुन, पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा २९ का निर्वतमान वडा अध्यक्ष चेतबहादुर गुुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रमोद भण्डारी, नेपाली काँग्रेस वडासभापति दिपकमणि भण्डारी, माओवादी केन्द्रका अध्यक्ष लालबहादुर सुनार, रास्वपा वडा उपाध्यक्ष दुुर्गा राना, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संञ्चालन आविष्कार पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस