खेल
सुपर लिग अन्तर्गत आजकाे दुई खेलमा पाेखरा र ललितपुर विजयी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शनिबार, २०८० | १९:४४:०० मा प्रकाशित
काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ भने दाेस्राे खेलमा ललितपुर सिटी एफसीले जित हासिल गरेका छन् ।
पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो । पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए ।
ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित हासिल गरेको छ । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरेका हुन् ।
भोलि हुने एकमात्र खेलमा साँझ ५:३० बजे नवप्रवेशी टोली विरगन्ज युनाइटेड एफसी र गत संस्करणका उपविजेता धनगढी एफसी खेल्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस