प्रहरी दिवसको अवसरमा वृक्षारोपण, रक्तदान तथा मास्क वितरण
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | २०:५३:०० मा प्रकाशित

पोखरा । ६६ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा वृक्षारोपण, रक्तदान तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । एक प्रहरी एक बिरुवा भन्ने मुल नाराका साथ प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत प्रदेशभर जम्मा ११४८ वटा वृक्ष रोपण गरिएका छन् ।
पोखराको चिप्लेढुङगामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र कास्की र गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यस्तै ६६ औं प्रहरी दिवसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका विभिन्न स्थानहरुमा निःशुल्क मास्क वितरण कार्यक्रम समेत सम्पन्न भएको छ । कोरोना माहामारीको प्रभाव केही न्यून भएतापनि चाडपर्वहरु नजिकिएसंगै बढ्ने भीडभाडले संक्रमणको जोखिम बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त मास्क वितरण कार्यक्रम गरिएको हो । आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मास्क नलगाउने नागरिकलाई सम्झाई बुझाई गरी जम्मा ८०९९ मास्क वितरण गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस