प्रहरी दिवसको अवसरमा वृक्षारोपण, रक्तदान तथा मास्क वितरण
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | २०:५३:०० मा प्रकाशित
पोखरा । ६६ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा वृक्षारोपण, रक्तदान तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । एक प्रहरी एक बिरुवा भन्ने मुल नाराका साथ प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत प्रदेशभर जम्मा ११४८ वटा वृक्ष रोपण गरिएका छन् ।
पोखराको चिप्लेढुङगामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र कास्की र गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा ८१ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यस्तै ६६ औं प्रहरी दिवसकै अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराका विभिन्न स्थानहरुमा निःशुल्क मास्क वितरण कार्यक्रम समेत सम्पन्न भएको छ । कोरोना माहामारीको प्रभाव केही न्यून भएतापनि चाडपर्वहरु नजिकिएसंगै बढ्ने भीडभाडले संक्रमणको जोखिम बढ्न सक्ने कुरालाई मध्येनजर गरी उक्त मास्क वितरण कार्यक्रम गरिएको हो । आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मास्क नलगाउने नागरिकलाई सम्झाई बुझाई गरी जम्मा ८०९९ मास्क वितरण गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस