डिशहोम फाइबरनेट सेवा कलैया, लहान, भैरहवा र टौदहमा विस्तार
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १६:०२:०० मा प्रकाशित
काठमाडाैँ । डिशहोम फाइबरनेटले उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ ।
देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिए ।
नेपालका प्रमुख शहरकाठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगरलगायत अन्य स्थानमा सेवा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दैछ ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तर्गत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने कम्पनीले बताएकाे छ । लक्की ड्र को प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस