डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडाैँ । डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बनेपा पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App / XVODजस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएस सम्म उपलब्ध छन् ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस