‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर अन्तर्गत टिभीको मासिक शुल्क नलाग्ने
- गाउँ सहर संवाददाता
- १४ पौष मंगलबार, २०७७ | १४:१५:०० मा प्रकाशित

काठमाडौं । डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ ।
बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्क लि.ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि यो सेवा विस्तारको तयारी गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस