डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा विस्तार
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित

काठमाडाैँ । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिए ।
नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।
अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएकाे छ ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
प्रतिकृया दिनुहोस