स्पंज आइरनमा भएको भंसार छूटबारे नेपाल फलामे छड उत्पादक संघद्वारा स्वागत
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १४:२२:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघले स्वागत गरेकाे छ ।
उसले विज्ञप्ति जारी गरी यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु. ४/– ले घट्ने बताएकाे हाे ।
अध्यक्ष शाहीलाल अग्रवाल र उपाध्यक्ष शाेभाकर (हरी) न्याैपानेद्वारा जारी विज्ञप्तिमा "बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४/– घटाई फलामे छड विक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं" भनिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस