स्पंज आइरनमा भएको भंसार छूटबारे नेपाल फलामे छड उत्पादक संघद्वारा स्वागत
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १४:२२:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघले स्वागत गरेकाे छ ।
उसले विज्ञप्ति जारी गरी यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु. ४/– ले घट्ने बताएकाे हाे ।
अध्यक्ष शाहीलाल अग्रवाल र उपाध्यक्ष शाेभाकर (हरी) न्याैपानेद्वारा जारी विज्ञप्तिमा "बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४/– घटाई फलामे छड विक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं" भनिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस