कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्यो, नयाँ १ हजार १५७ थपिँदा १ हजार ११३ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १६:५५:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार १५७ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट ९१ हजार ३७३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ११३ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५४ जना संक्रमित सघन र ९९ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २४४, होम आइसोलेशनमा रहने १६ हजार ८७८ र संस्थागत आइसोलेशनमा १ हजार ३१५ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १८ हजार १९३ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.३ छ । पूर्ण खोप लगाउनेको संख्या ६२ लाख ३८ हजार १ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७४.९ रहेको छ ।
अझैपनि ९ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस