कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्यो, नयाँ १ हजार १५७ थपिँदा १ हजार ११३ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १६:५५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार १५७ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट ९१ हजार ३७३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ११३ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५४ जना संक्रमित सघन र ९९ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २४४, होम आइसोलेशनमा रहने १६ हजार ८७८ र संस्थागत आइसोलेशनमा १ हजार ३१५ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १८ हजार १९३ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.३ छ । पूर्ण खोप लगाउनेको संख्या ६२ लाख ३८ हजार १ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७४.९ रहेको छ ।
अझैपनि ९ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस