नेपालमा काेराेनाकाे अवस्था धरातलमै सुधार भएकाे हाे ? सक्रिय संक्रमण घट्दाे, पूर्ण खाेप लगाउने ६२ लाख ५ हजार ७७०
- गाउँ सहर संवाददाता
- १२ असोज मंगलबार, २०७८ | १९:०३:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ३ को परीक्षण भएको छ हुँदा १ हजार १५८ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ पिसिआरबाट र ९१ हजार १०८ जना एन्टिजेन विधिबाट पत्ता लागेको छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३६४ सघन र १२० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ३१८ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३२८ र होम आइसोलेशनमा रहेको संख्या १७ हजार १२५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार २९७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० छ । उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
रेविज दिवसः कुरा बुझाैँ, त्रसित नहोऔँ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस