सडक/यातायात

बोलेरो दुर्घटनामा कांग्रेस उपसभापति माेक्तानसहित ५ जना घाइते, एककाे अवस्था गम्भीर

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ ।

बेथानबाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिवेशनको लागि हिलेदेबी जाँदै गरेको बोलेरो दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापति जितेन्द्र मोक्तानसहित मेग बहादुर खत्री, शारदा खत्री, जेपी गौतम र बोलेरोका चालक रामकुमार तामाङ घाइते भएका छन् । घाइते मध्ये शारदा खत्रीको भने अवस्था गम्भीर रहेको पार्टी प्रवक्ता नारायण खड्काले जानकारी दिए ।

उनीहरुलाई उपचारको लागि काठमाडाैँ पठाएको नेपाली कांग्रेसका पार्टी प्रवता खड्काले बताए ।

गाउँ सहर संवाददाता