भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | २०:५४:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको समापन कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्दै कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अहिलेको आवश्यकता रहेकामा जोड दिए । कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाप्रति सजगता अपनाएर १ साता लगाएर नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय कृषि सहकारी इलाका पोखराका शाखा प्रवन्धक विदुर अर्यालले कृषिमा आधारित उद्योग धन्दा संचालनका लागि सहकारीले प्रोत्साहनका कार्यक्रम ल्याइ सेयर सदस्यलाई लगानीको माध्यमबाट थप आय आर्जनतर्फ प्रोत्साहन गर्न सुझाव दिए ।
सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारीले संस्थामा १ हजार १० जना सेयर सदस्य रहेकामा ८ सय ७८ जना महिलाहरु रहेको जानकारी दिए । संस्थाको ऐतिहासिक पक्षका बारेमा बताउँदै उनले भावी योजना समेत प्रस्तुत गरेका थिए ।
संस्थाको चुक्ता पूँजी १ करोड २ लाख ७९ हजार ३०० रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस