विस्मृतिलाई चिनौँ - अल्जाइमर्सलाई जानौँ, कसरी सहयोग गर्न सकिन्छ ?
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | १६:५७:०० मा प्रकाशित

काठमाडाैँ । स्मृति क्षय हुने रोग अल्जाइमर्स एक दीर्घकालीन मानससिक स्वास्थ्य समस्या हो । यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेकाे छ - "सामान्यतया ६५ वर्षको उमेरपछि लाग्ने अल्जाइमर्स रोगको शुरुवाती अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महशुष गर्दैनन्, जसकारण भविश्यमा रोगको असर झन धेरै जटिल हुन्छ । त्यसैले आफ्ना परिवारका जेष्ठ सदस्यहरुमा अल्जाइमर्सका लक्षणहरु चिनौँ र सहज व्यवस्थापन गर्न सहयोग गरौँ ।"
लक्षणहरुः
मिति, समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, बारम्बार एउटै कुराहरु सोधिरहनु, स्वविवेक शक्ति क्षीण हुनु, आँखाले देखेका कुराहरु नचिन्नु, नियमित गरिरहने क्रियाकलाप गर्न अफ्ट्यारो हुनु, सामान्य समस्याहरु समाधान गर्न नसक्नु ।
अल्जाइमर रोग लागेका नागरिकको उपचारका लागि सरकारले १ लाख रुपैयाँ र नीति तथा कार्यक्रममार्फत थप मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
अल्जाइमर्स भएका व्यक्तिहरुलाई कसरी सहयोग गर्न सकिन्छ ?
- अल्जाइमर्स भएका व्यक्तिहरुको कुरालाई धैर्यपूर्वक सुन्ने
- दैनिक गरिने कामकाजमा सहयोग पुर्याउने
- आत्मनिर्भरता बढाउन आवश्यक सीपहरु सिकाउने
- लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनिकरण गर्न घरको वातावरण सुरक्षित बनाउने
- स्मरण शक्ति बढाउने खालका अभ्यासहरु गराउने
- बिरामीलाई हेरचाह गर्ने व्यक्तिलाई हेरचाह गर्न कठिनाई भए सो व्यक्तिले थप सहयोग माग्ने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कर्णाली प्रदेशमा अहिले पनि चार लाख पाँच हजार निरक्षर
- रघुगङ्गामा दुई चिस्यान गृह निर्माण
- नक्कली भुटानी शरणार्थी प्रकरण : फरार प्रतिवादी महर्जन काठमाडौं जिल्ला अदालतमा हाजिर
- उछालियाे बजार, बढेन कारोबार, यस्तो भयो नेप्से
- नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेस
- बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल्वे सेवाको उद्घाटन
- १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
- ‘आइएमई पे’ मा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
- नेपाल र भारतका प्रतिनिधिमण्डलबीच वार्ता
- मलेसियाविरूद्ध नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस