कोरोनाबाट थप ९ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा थपिए १ हजार ४७६ संक्रमित, निको भए १ हजार ५५०
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | १६:४९:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ६९० को परीक्षण भएको छ हुँदा १ हजार ४६७ संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३४७ सघन र १०५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ५५० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २४४ र होम आइसोलेशनमा रहेको संख्या १८ हजार ९६९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३१८ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५९ लाख ४६ हजार २२ छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७३.५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २२ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस