न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्दै
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | १२:००:०० मा प्रकाशित

काठमाडौं । न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
न्यादीले यहि असोज १५ गतेदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आईपीओ निष्कासन गर्ने भएको हाे ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कुल निष्काशन गरिने शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ। जसमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले गत भदौ १ गते मंगलबारदेखि आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आईपीअको फाँडफाँड समेत भइसकेको छ । कम्पनीका संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस