राजनीति

कांग्रेस पदाधिकारी बैठक अपरान्ह बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।  

गाउँ सहर संवाददाता