साहस ऊर्जा लिमिटेडद्वारा सर्वसाधारणका लागि आईपीओ जारी, कति भर्नुहुन्छ ?
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०९:१०:०० मा प्रकाशित

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले आज बुधवारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।
निष्कासन गरेकाे प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेकाे ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणकाे लागि आजबाट आवेदन खुलेकाे छ । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले बताएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुने ३ करोड ५० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो ।
सोअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस