कोरोनाबाट थप ८ जनाकाे मृत्यु, ३७१ सघन र १०८ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ४ असोज सोमबार, २०७८ | १६:२३:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८७१ को परीक्षण हुँदा १ हजार ९५ संक्रमित थपिएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३७१ सघन र १०८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार ९५७ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २६४ र होम आइसोलेशनमा रहेको संख्या २० हजार ८९१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ४३२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।
मन्त्रालयका अनुसार १० जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । २० जिल्लामा संक्रमण २०० भन्दा माथिमा छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ५५ लाख ८८ हजार ५१७ छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७२.४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ११ छन् भने २०० माथि संक्रमित रहेका २१ जिल्लाहरु छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस