पोखराका पर्यटकीय स्थल खोल्ने बारे सामुहिक अन्तरक्रिया
- गाउँ सहर संवाददाता
- २९ भदौ मंगलबार, २०७८ | २१:३३:०० मा प्रकाशित
पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताए ।
नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय गन्तव्यलाई सरसफाई गर्ने कार्यलाई अघि बढाउने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेल, बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, तालबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवर, टान पश्चिमाञ्चलका अध्यक्ष सुशिलराज पौडेल, हान पोखराका अध्यक्ष विकल तुलाचन, रेवान पोखराका लक्ष्मण बराल, पर्यटन यातायात व्यवस्थापन समिति गण्डकीका बोबरजंग गुरुङ, नाट्टा गण्डकीका पूर्व अध्यक्षद्वय वासु त्रिपाठी र केदारनाथ शर्मा, सल्लाहकार मदन केसी, नाट्टा गण्डकीका पूर्व अध्यक्ष सन्तोष पोखरेल, पोखरा वडा नं छ का वडाध्यक्ष जगत पहारी लगायतले कोरोना प्रभावित पर्यटनलाई चलायमान बनाउने गरी लाग्नुपर्ने आवश्यकता औंल्याएको कार्यक्रम नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीको सञ्चालनमा भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस