संसद् अवरूद्ध हटाउन सभामुखले बाेलाएकाे सर्वदलीय बैठक आज बस्दै
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | ०६:२०:०० मा प्रकाशित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
“संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”
संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । उक्त अवरोध हटाउने पहलस्वरुप सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा (एमाले)का सांसदसँग पनि वार्ता गरेका थिए । सभामुखले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।
सभामुख सापकोटाले मंगलबार सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले यही भदौ २३ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस