तीजको व्रत बस्दा भनेकाे वर पाइन्छ त ? कथा यस्ताे छ
- गाउँ सहर संवाददाता
- २४ भदौ बिहीबार, २०७८ | ०९:१४:०० मा प्रकाशित
काठमाडौँ । पतिको लामो आयुको लागि सौभाग्यवती स्त्री र अविवाहित युवतिको मनोकांक्षा अनुरुप वर पाउनको लागि हरितालिका तीजको व्रत राख्दछन् । हरितालिका तीजको व्रतमा भगवान शिव-पार्वतीको विवाह भएको कथा सुनिन्छ ।
आउनुहोस हामीपनि पढौँ तीजको कथा ।
पौराणिक मान्यता अनुसार शिवजीले माता पार्वतीलाई यो व्रतको बारेमा विस्तार पूर्वक सम्झाएका थिए । माता गौरीले माता पार्वतीको रुपमा हिमालयमा जन्म लिएकी थिइन् । बाल्यकाल देखिनै माता पार्वती भगवान शिवलाई वरको रुपमा पाउन चाहन्थिन र त्यसको लागि उनले कठोर तपस्या गरिन् । १२ वर्षसम्म निराहार रहि तपस्या गरिन् । एकदिन नारदजीले आएर भने - पार्वतीको कठोर तपस्याबाट प्रशन्न भएर भगवान विष्णु तपाईंको पुत्रीसँग विवाह गर्न चाहन्छन् । नारदजीको कुरा सुनेर महाराज हिमालय धेरै प्रशन्न भए । उता, भगवान विष्णुकोमा गएर नारदजीले भने - महाराज हिमालय आफ्नो पुत्री पार्वतीसँग तपाईंको विवाह गर्न चाहन्छन् । नभन्दै भगवान विष्णुले पनि अनुमति दिए ।
यो कुरा नारदजीले लिएर पार्वतीकोमा पुगे । सूचना सुनाए । यो सुनेर पार्वती निराश भइन् । त्यसपछि एकान्तस्थलमा लैजान आग्रह गरिन् । भने अनुसार नै महाराज हिमालयले एकान्त गुप्त स्थानमा जान भने । माता पार्वतीको इच्छानुसार उनको पिताले पार्वतीलाई घनघोर र सुनसान जंगलको एक गुफामा छाडिदिए । त्यहाँ रहेर उनले भगवान शिवलाई पतिको रुपमा पाउनको लागि कठोर तपस्या सुरु गरिन् । शिवलिंगको स्थापना गरिन् । संयोगले गर्दा हस्त नक्षत्रको भाद्रपद शुक्ल तृतीयाको दिन थियो जुन दिन उनले शिवलिंग स्थापना गरिन् । यो दिन निर्जला उपवास राख्दै उनले रात्रिमा जागरण पनि गरिन् ।
उनले कठोर तपस्याबाट भगवान शिवजी प्रशन्न भए र माता पार्वतीको मनोकांक्षा पूर्ण हुने वरदान दिए । भोलीपल्ट आफ्ना साथीसँग माता पार्वतीले व्रतको पारण गरिन र समस्त पूजा सामाग्रीलाई गंगा नदीमा बगाइन् । उता माता पार्वतीका पिता भगवान विष्णुलाई आफ्नो छोरीको विवाह गर्ने वचन दिएपछि घर छाडेकी छोरीको बारेमा चिन्तित थिए । खोज्दै त्यहि तपस्या गरेको ठाउँमा गए । यसपछि घर छाडेको कारण बताइन् । शिवजी सँग विवाह गर्नको लागि आफ्नो संकल्प र शिवद्वारा प्राप्त वरदानको बारेमा बताइन् । तब पिता महाराज हिमालय भगवान विष्णुसँग क्षमा माग्दै भगवान शिवसँग आफ्नो पुत्रीको विवाहको लागी राजी भए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
प्रतिकृया दिनुहोस