नेप्सेमा लुकामारीः कहिले पहिराे त कहिले चुरे, बुधबार यिनले कमाए-गुमाए
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | १५:२६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा राेकिएको छ ।
त्यस्तै, आज कोरोबार रकममा पनि ठूलो गिरावट आएको छ । आज ६ अर्ब ६४ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज बजारमा ठूलो गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्स, एक्सल डेभलभमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४९७.४० रुपैयाँ पुगेको छ भने एक्सल डेभलभमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर प्रतिकित्ता १०८६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज लाइफ इन्सुरेन्स कम्पनी, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनीको शेयरमूलय आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस