चारैतिर फर्किएका दलबीचमा संसद, सबैकाे नजर सभातिरै - विशेषमा एमसिसी
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | १५:०१:०० मा प्रकाशित
काठमाडौँ । सङ्घीय संसदकाे दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ ।
मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
सङ्घीय संसद्को अबको अधिवेशनमा विचाराधीन विधेयक र केही महत्त्वपूर्ण सम्झौतामा निर्णय लिनुपर्ने अवस्था छ । प्रतिनिधि सभा विघटनपछि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुन सकेको छैन । अध्यादेश जारीपछि अधिवेशन बसेको साउन ३ गतेको मितिले ६० दिनभित्र बजेटसहितका १३ अध्यादेश प्रतिस्थापन भइसक्नुपर्ने छ तर अघिल्लो अधिवेशनमा पेस भई स्वीकृतसमेत भएका छैनन् ।
अधिवेशन प्रारम्भ हुने पहिलो बैठकमा यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत पेस हुनेछ । सो अध्यादेश गृहमन्त्रीका तर्फबाट पेस हुने उल्लेख गरिएकाे छ । पहिलो बैठकमा यसअघि पेस भएका तर स्वीकृतको प्रक्रिया अघि नबढाइएका शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायतको प्रक्रिया अघि बढाइने छ । बैठकले स्वीकृति दिएमा ती अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ । नागरिकता अध्यादेश भने कार्यान्वयन नगर्न यसअघि नै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।
सङ्घीय संसद्का दुवै सदनमा विभिन्न चरणमा ५० भन्दा बढी विधेयक विचाराधीन छन् । यस्तै आर्थिक सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौतालगायतका एक दर्जन सन्धि तथा सम्झौता पनि विचाराधीन छन् ।
यता बजारमा एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको प्लेकार्ड बोकेर युवाहरुद्वारा एमसिसीको विरोध गरिरहेका छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ ।
उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसिसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने तयारी रहेका बेला युवाले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए । सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँ जसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
एमाले पर्ख र हेरकाे अवस्थामा उभिएकाे छ । प्रतिपक्षमा पुगेसँगै विवादित अमेरिकी सहयोग परियोजना एमसिसीबारे एमालेको पोजिसन फेरिएको छ । पार्टीद्वारा निष्काशित सदस्य संसदमा उपस्थित भए भाग नलिन अडानमा छ ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताएका हुन् ।
उता पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । एमसिसीलाई समर्थन गरेका डा. भट्टराई र राजदूत बेरीबिच बुधबार एक होटलमा भेटवार्ता भएको हो । जुन अर्थपूर्ण रहेकाे जानकारहरूले बताएका छन् ।
याे घटनाक्रमले आज सबैकाे नजर संसदतिरै छ, विशेष गरी एमसिसी मै ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस