कोरोनाबाट थप २१ जना संक्रमितको मृत्यु, नयाँ थपिए १ हजार ६७७, निको भए २ हजार ७२
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | १६:२५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ३४ को परीक्षण हुँदा १ हजार ६७७ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ८० हजार ८३२ को पिसिआर र ४ लाख ९६ हजार ३७ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७२ हजार १८२ पिसिआरबाट र ८५ हजार ७१३ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५१४ सघन र १५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार ७२ छ । प्रतिशतमा हेर्दा यो ९४.७ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २५८ र होम आइसोलेशनमा रहेको संख्या २८ हजार ३१४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ९८९ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।
मन्त्रालयका अनुसार १७ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २१ छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ५० लाख १२ हजार ८२१ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६६.७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस