कोरोनाबाट थप २१ जना संक्रमितको मृत्यु, नयाँ थपिए १ हजार ६७७, निको भए २ हजार ७२
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ३४ को परीक्षण हुँदा १ हजार ६७७ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ८० हजार ८३२ को पिसिआर र ४ लाख ९६ हजार ३७ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७२ हजार १८२ पिसिआरबाट र ८५ हजार ७१३ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५१४ सघन र १५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार ७२ छ । प्रतिशतमा हेर्दा यो ९४.७ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २५८ र होम आइसोलेशनमा रहेको संख्या २८ हजार ३१४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ९८९ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।
मन्त्रालयका अनुसार १७ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २१ छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ५० लाख १२ हजार ८२१ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६६.७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस