विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता, बागमतीमा सबैभन्दा बढी
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | २०:१५:०० मा प्रकाशित

काठमाडौँ । यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि १८ भदौसम्म बागमती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-एकजना बाढीका कारण बेपत्ता भएका हुन् ।
गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन् । गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन् ।
विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट बेपत्ता हुनेमा माधव भण्डारी, गणेश ज्योति, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइँली तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सदिप थापा, तस्बिर तामाङ र भीमबहादुरी भण्डारी छन् । सोही बाढीबाट भारतका विजया बासमूर्ति र जिनडाओ बासमूर्ति, रुपन्देहीका रेशमलाल सार्की, झापा होमराज घिमिरे र चीनका सन यु चुवान बेपत्ता भएका छन् ।
गत १७ असारमा पहिरोका कारण चितवन राप्ती नगरपालिका-१२ का कृष्णलाल चेपाङ, निशा चेपाङ, मोतीलाल चेपाङकी नातिनी बेपत्ता भए । गत २३ असारमा बागलुङको ताराखोला गाउँपालिका-३ मा पहिरो जाँदा स्थानीय राजेन्द्र कार्की र पर्वतको कुश्मा-८मा आएको बाढीले राजाराम आचार्य बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।
यस्तै, ३० असारमा रुपन्देहीको सैनामैना-१०मा आएको बाढीले सुजन न्यौपाने बेपत्ता भए । गत ११ भदौमा सिन्धुलीको मुर्किबेसी वितिजोर खोलामा आएको बाढीले गोलन्जर-२ का पूर्णबहादुर कार्की र १८ भदौमा मकवानपुरको हेटौँडा-१७ शिवम् सिमेन्ट फ्याक्ट्री नजिक आएको बाढीले बगाएर बद्री कार्की बेपत्ता भएका प्रहरीको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस