रातिदेखि परेकाे वर्षाले देशका धेरै नदीहरूमा बाढी, यी क्षेत्रमा सचेत रहनुहाेस्
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
काठमाडाैँ । देशका धेरै स्थानहरूमा रातिदेखि वर्षा भइरहेकाे छ जसका कारण धेरै नदीहरूमा बढि आएकाे छ ।
बाढी सूचनाका अनुसार सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटिय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागले भनेकाे छ ।
यस्तै बागमती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउन विभागले भनेकाे छ ।
हाल काठमाडौँ उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि वर्षा भइरहेको र थप हुने रहेकोले,उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदी-नालाको पानी सडक किनार सम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता हुनुपर्ने देखिएकाे छ ।
यस्तै चितवन जिल्ला माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन, सो क्षेत्र भईबहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।
बाँके जिल्लाको धकेरी लगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना,सो क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन पनि विभागले भनेकाे छ ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस