स्वास्थ्य

कोरोनाबाट थप ९ जनाको मृत्यु, थपिए १ हजार २६८, सक्रिय संक्रमित ३१ हजार ८२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण ९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ८१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८७५ को परीक्षण हुँदा १ हजार २६८ संक्रमित थपिएका छन् । जसमा महिला ४०.४१ र पुरूष ५९.५९ प्रतिशत छन् ।

अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५५४ सघनमा र १७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार १९५ छ ।  जुन ९४.५ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७२ लाख ५ हजार ६५१ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २७४ र होम आइसोलेशनमा रहेको संख्या २९ हजार ६५८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार १६८ छ । देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । 

अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ४८ लाख ६३ हजार ८३५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण दर १९।५ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३६४.६ रहेको छ ।

गाउँ सहर संवाददाता