शुक्रबार नेपाली कांग्रेसकाे ३५ जिल्लामा मात्रै भयाे वडा अधिवेशन, १७ जिल्लाकाे क्रियाशील सदस्यता अझै सार्वजनिक भएन
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १९:२३:०० मा प्रकाशित
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै बागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन सकिएको छ ।
मनाङमा भने अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका जम्मा चार जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन भएको समिति सदस्य रावलले बताए ।
क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ । यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ ।
तर प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।
२१ जिल्लाको क्रियाशील सदस्यता अझै टुंगिएको छैन । ती जिल्लाका वडा अधिवेशन कहिले गर्ने भन्नेमा अन्यौलता कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ का (८) सबै जिल्लासहित काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, सुनसरी, मोरङ, डडेल्धुरा, कैलाली, कपिलवस्तु, सुर्खेत लगायतका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छैन ।
कांग्रेसकाे केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस