कोभिड-१९ लक्षणसँग मिल्दोजुल्दो स्क्रब टाइफस के हाे, कसरी बच्ने ?
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १५:५९:०० मा प्रकाशित

काठमाडौँ । कोभिड-१९ लक्षणसँग मिल्दोजुल्दो स्क्रब टाइफस "ओरिन्सिया सुसुगामासी" जीवणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रूप लिन सक्छ । जस्तै मष्तिस्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहिँ बहुअंग विकारको अवस्था पनि सिर्जना हुन सक्छ ।
यसका लक्षणहरूमाः उच्च ज्वरो आउनु, टाउको धेरै दुख्नु, मांसपेशी दुख्नु, खोकी-वान्ता-पेट दुखाइले सताउनु, आँखा रातो हुनु, कहिलेकाहिँ टोकेको ठाउँमा दाग देखिनु, विभिरा देखिनु र स्वास फेर्न समस्या हुनु रहेका छन् ।
यसबाट बच्नको लागि खेत, झाडी वा वनजंगल जाँदा बाहुला भएको कपडा, जुत्ता लगाउने र घर वरिपरी घाँस बढ्न नदिने, वातावरण सफा राख्ने, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्ने ।
यस रोगका लक्षणहरू कोभिड-१९ सँग मिल्दोजुल्दो भएकोले कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ आएपनि स्क्रब टाइफसको जाँच गर्न र औषधि खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस