स्थिर देखिएकाे नेप्सेमा काराेबार रकम ९ अर्बमा सीमित
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १६:३२:०० मा प्रकाशित
काठमाडाैं । साताकाे चाैथाे दिन बुधबार नेप्से परिसूचक स्थिरजस्तै देखिएको छ । नेप्से स्थिर देखिएपनि काराेबार रकम भने ह्वात्तै बढेकाे छ ।
यस दिन नेप्से परिसूचक १.१४ अंक बढेर २९७६.९८ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ ।
आज कूल २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर कारोबारमा आएको छ । उक्त संख्याको शेयर १ लाख ४ हजार ३४२ पटक खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार १३ अर्ब २५ करोड भन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा ३ अर्ब ९१ करोडले शेयर कारोबार रकम घटेको हो ।
यो दिनको कारोबारमा ८३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा रुरु जलविद्युत् परियोजना, ओरियन्ट होटल्स, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनीलगायतका कम्पनी छन् ।
सबैभन्दा धेरै गुमाउने कम्पनीमा खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनी छन् ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस