निषेधाज्ञा र विद्यालयहरु सञ्चालन गर्नेबारे उपत्यकाका प्रजिअहरूकाे बैठक बस्दै
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १२:१२:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बस्ने भएको छ ।
बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने बताइएकाे छ ।
आज राति १२ बजेबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उनले बताए ।
पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।
“उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरीरहेको अवस्था छ । आजको बैठकमा जोखिमको मुल्याङ्कन हेरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा निस्कर्ष निकाल्छौँ” उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस