ओरालो यात्रामा नेप्से ! १३ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
यसदिन नेप्से परिसूचक २.२७ प्रतिशत अर्थात ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको छ ।
२ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँमा कारोबार भएको छ ।
पछिल्ला दिनमा नेप्से निरन्तरजसो ओरालो लागेकाे छ ।
यो दिनको कारोबारमा ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार विकास बैंक, जलविद्युत, र फाइनान्सको सूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
यसदिन अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक १ अर्ब १ करोडको शेयर कारोबार भएको छ । कम्पनीको १३ लाख ४९ हजार कित्ता कारोबार भएको छ ।
यो दिन रुरु जलविद्युत् परियोजना, माउन्टेन हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्तलगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।
कर्णाली विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस