गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- १४ भदौ सोमबार, २०७८ | १३:३४:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
थापाले आफूले कांग्रेसको सदस्यता लिएको ठाउँ, आफ्ना अग्रहरु सबै यहीँ भएको बताउँदै सो ठाउँमा उमेदवारी घोषणा गर्ने जस्तो पवित्र ठाउँ आफ्नो लागि अर्को नहुने बताएका थिए ।
“मैले यहीँबाट सदस्यता लिएँ, मेरा यहाँ थुप्रै अग्रजहरु हुनुहुन्छ, यस्तो पवित्र ठाउँ मेरालागि अर्को हुनै सक्दैन,” थापाले उमेदवारी घोषणा गर्दै भनेका थिए ।
थापा सोही वडाका स्थायी बासिन्दा हुन् ।
कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।
थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस