गाउँ सहर

एसका वरिष्ठ नेता खनाल भोलि स्वदेश फर्कने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार (भोलि) स्वदेश फर्कने भएका छन् ।

उनी गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए । सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको उनले बताए ।

खनाल दिल्ली जाँदा नेकपा (एमाले)को विवाद उत्कर्षमा थियो । उनले दिल्लीबाट नै आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको भन्दै सनाखत गराएका थिए ।

गाउँ सहर संवाददाता