देशका विभिन्न स्थानहरूमा भारी वर्षा, नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | ०७:१६:०० मा प्रकाशित
काठमाडाैँ । आज २०७८ भाद्र १३ गते (आइतबार) देशका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाे छ ।
जल तथा माैसम विज्ञान विभागले आज दिउँसो देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएकाे थियाे । उसका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
यता बाढी सूचनामा पनि देशका विभिन्न स्थानका खाेलाहरू बढ्ने भन्दै सचेत रहन आग्रह गरिएकाे छ ।
जारी सूचनामा कोशी, नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने; कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने; मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाे विभागले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस