काठमाडाैँमा फाेहाेरकाे डङ्गुर, कहिले उठ्छ ?
- गाउँ सहर संवाददाता
- १२ भदौ शनिबार, २०७८ | ०७:२८:०० मा प्रकाशित
काठमाडौँ । उपत्यकाबासीले थुप्रिएको फोहोर तत्काल उठान माग गरेका छन् । उपत्यकामा फोहोर थुप्रिन थालेको एक महिना बित्न लाग्दा पनि फोहोर उठ्न सकेको छैन । फाेहाेर उठ्न नसक्दा शहर दुर्गन्धित बनेकाे छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो सफा हुन अझै १५ दिन लाग्ने बताउँदै वर्षात्ले गर्दा फोहोर ओसार्ने बाटोमा पहिरो गएकाले समस्या भएको बताएका छन् । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फोहोर उठ्ने निश्चित नभएको बताएका छन् ।
उपत्यकाको फोहोर व्यवस्थापनको उद्देश्यले निर्माण भइरहेको बन्चरेडाँडा ल्यान्डफिल साइटको निर्माणमा तोकिएको समयभन्दा दुई वर्ष ढिलाइ भएकाले उपत्यकाको फोहोर व्यवस्थापन गाह्रो भइरहेको उनीहरूले बताएका छन् ।
वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको समयमा फोहोरको थुप्रो लाग्दा महामारी फैलिने चिन्ता थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि धादिङको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागतमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ । सो एक हजार ७९२ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस