कोरोनाबाट थप २५ जनाको मृत्यु, पूर्ण खोप प्राप्त गर्नेको संख्या ४० लाख ५२ हजार ७६५
- गाउँ सहर संवाददाता
- ११ भदौ शुक्रबार, २०७८ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ११७ को परीक्षण हुँदा २ हजार ६५ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ७७ हजार ४६९ पिसिआर र ४ लाख ५४ हजार ६९४ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख २ ५६ हजार ४९२ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८२ हजार ४५६ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२२ सघन र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार ३३७ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३७ र होम आइसोलेशनमा रहेको संख्या ३४ हजार ६७६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ९२३ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस