कोरोनाबाट थप २५ जनाको मृत्यु, पूर्ण खोप प्राप्त गर्नेको संख्या ४० लाख ५२ हजार ७६५
- गाउँ सहर संवाददाता
- ११ भदौ शुक्रबार, २०७८ | १६:४५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ११७ को परीक्षण हुँदा २ हजार ६५ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ७७ हजार ४६९ पिसिआर र ४ लाख ५४ हजार ६९४ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख २ ५६ हजार ४९२ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८२ हजार ४५६ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२२ सघन र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार ३३७ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३७ र होम आइसोलेशनमा रहेको संख्या ३४ हजार ६७६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ९२३ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस