सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिकाे आवश्यकता - मन्त्री थापा
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १६:०६:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै बजारको माग अनुसारको शिक्षा दिनुपर्नेतर्फ जोड दिए ।
बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र उक्त विधेयक मार्फत बालबालिकाको हकमा धेरै कुराको सुनिश्चित हुने जानकारी उनले दिए ।
नव प्रभात माविको भौतिक र शैक्षिक गुणस्तरताको विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री थापाको छ ।
उनले गण्डकी सरकार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन लागिरहेको जानकारी गराउँदै शिक्षक, अभिभावक र सरकार मिलेर सामुदायिक विद्यालयमा देखिएका समस्यालाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस