सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिकाे आवश्यकता - मन्त्री थापा
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १६:०६:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै बजारको माग अनुसारको शिक्षा दिनुपर्नेतर्फ जोड दिए ।
बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र उक्त विधेयक मार्फत बालबालिकाको हकमा धेरै कुराको सुनिश्चित हुने जानकारी उनले दिए ।
नव प्रभात माविको भौतिक र शैक्षिक गुणस्तरताको विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री थापाको छ ।
उनले गण्डकी सरकार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन लागिरहेको जानकारी गराउँदै शिक्षक, अभिभावक र सरकार मिलेर सामुदायिक विद्यालयमा देखिएका समस्यालाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस