के फेरि कडा निषेधाज्ञा हुन सक्छ, के भन्छ निकाय ?
[गरे जनस्वास्थ्यका मादण्डहरूकाे बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाकाे अवस्था]
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | १३:४७:०० मा प्रकाशित
काठमाडाैँ । पुनः निषेधाज्ञा हुन सक्छ ? भन्ने प्रश्नकाे उत्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गतिविधि नियन्त्रणभन्दा बाहिर गए वा यस्ताे अवस्था देखिए हुनसक्ने संकेत गरेकाे छ ।
यता केहि समयदेखि स्मार्ट निषेधाज्ञाकाे पनि चर्चा चुलिएकाे समयमा मन्त्रालयकाे यस्ताे जानकारी आएकाे हाे ।
मंगलबार उसले जारी गरेकाे सूचनामा पछिल्लाे समय काेराेना संक्रमण केहि घटेपनि संक्रमण दर भने स्थिर रहेकाे बताएकाे छ । उसले भनेकाे छ, "तर निषेधाज्ञा खुकुलाे पारेसँगै स्वास्थ्य मापदण्डकाे बेवास्ता गर्ने र चाडपर्वकाे बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेकाे छ ।"
"यसले अन्ततः काेराेना संक्रमण बढाउने र त्यसकाे नियन्त्रणकाे लागि कडा निषेधाज्ञा गर्नैपर्ने अवस्थामा पुर्याउँछ । त्यस्ताे अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हाे । त्यसैले मास्क लगाउने, भाैतिक दुरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डकाे इमान्दारीपूर्वक पालना गराैँ" जारी सूचनामा भनिएकाे छ ।
थप मन्त्रालयले भनेकाे छ - "गरे जनस्वास्थ्यका मादण्डहरूकाे बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाकाे अवस्था ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस