के छ नेकपा (एकीकृत समाजवादी) को १० बुँदे घोषणापत्रमा ? (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | ११:५४:०० मा प्रकाशित

काठमाडौं । माधव कुमार नेपाल अध्यक्ष रहने गरि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने गरि पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको छ ।
सोमबारदेखि चन्द्रागिरिमा जारी सो पक्षको भेलामा वितरित घोषणापत्रमा पार्टी गठनको ऐतिहासिक आधार प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
'नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्वन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अगुवाइ गरेको छ। यस पार्टीले २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा लामो समयदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको सामन्ती राजतन्त्रलाई उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समावेशीता र समानुपातिकताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा निर्णायकभूमिका पूरा गरेको छ। त्यही ऐतिहासिक भूमिका निर्वाह गर्ने नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो वर्तमान नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),' घोषणापत्रमा भनिएको छ ।
पार्टी आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
'यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन-सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । तर, मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ,' घोषणापत्रमा भनिएको छ ।
आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरेको भए पनि ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न अग्रसर भएको उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिकृया दिनुहोस