पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति नेविसंघकाे बिराेध, तत्काल फिर्ता लिन माग
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | ०७:५७:०० मा प्रकाशित
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ । पटकपटक मुल्यवृद्धि जनताले धान्नै नसक्ने भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले यसको विरोध गरेका हुन् ।
उनले अत्यावश्यकिय उपभोग्य वस्तुमा मुल्यवृद्धिको कारण चौतर्फी महँगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नुपर्ने बताए । तत्काल मुल्यवूद्धि फिर्ता नगरे ठाउँठाउँबाट प्रतिरोध गर्ने चेतावनीसमेत उनले दिएका हुन् ।
यसअघि पनि निगमले पटक-पटक, ग्यास, पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो ।
“नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टीतेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम भएबाट पुनः सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुने निश्चित छ,” विज्ञप्तिमा भनिएको छ, “आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।”
निषेधाज्ञा र महामारीबीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको नेविसंघको ठहर छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस