अर्थतन्त्र

आइएमई जनरल इन्सुरेन्सले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा गर्याे

काठमाडौँ । आइएमई जनरल इन्सुरेन्सको गत आर्थिक वर्षमा २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६०% ले खुद नाफा वृद्धि भएको  हो ।

यस अवधिमा कम्पनीले ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

इन्स्याेरेन्सको रिजर्भ कोष १९.२५% ले बढेको छ भने बीमा कोषमा ४७ करोड ६२ लाख ८३ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा पुगेको छ ।

गाउँ सहर संवाददाता