अर्थतन्त्र
सुन र चाँदी दुवैकाे मूल्य मूल्य बढ्याे
- गाउँ सहर संवाददाता
- ४ भदौ शुक्रबार, २०७८ | १२:००:०० मा प्रकाशित

काठमाडाैं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघको तथ्यांक अनुसार साताभरमा चाँदी तोलामा १० रुपैयाँले बढेको छ । अघिल्ले साताको शुक्रबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस