आम्मामा सुनको भाउ !
- गाउँ सहर संवाददाता
- १२ माघ सोमबार, २०८२ | १२:११:०० मा प्रकाशित
काठमाडौं । दिनहुँ बढिरहेकाे सुनकाे भाउ सुनेर भन्ने गर्छन्-आम्मामा सुनको भाउ !
निरन्तर बढिरहेकाे नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।
हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।
गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।
शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस