वाग्मती प्रदेश प्रमुख : ओलीले अनुराधा काेइराला, देउवाले विष्णु प्रसाईं हटाए, अब बन्ने शर्मा काे हुन् ?
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १९:४१:०० मा प्रकाशित

काठमाडौं । सरकारले वाग्मती प्रदेश प्रमुखलाई हटाएकाे छ । हाल रहेका विष्णु प्रसाईं हटाएर देउवा सरकारले यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।
वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो ।
शर्मा प्रस्तावित नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए ।
शर्मा वाग्मती प्रदेशका तेस्रा प्रमुख हुनेछन् । ओली सरकारले अनुराधा कोइरालालाई हटाएर विष्णु प्रसाईं नियुक्त गरेकाे थियाे ।
नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस