भागबण्डा मिलाउन वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
- गाउँ सहर संवाददाता
- २७ कार्तिक मंगलबार, २०८१ | १४:५९:०० मा प्रकाशित

काठमाडाैं । वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिने बुझिएको छ । वाग्मतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारी प्रदान नगरेको छिट्टै जिम्मेवारी तोकिने बताए । सरकारको नेतृत्व लिएको १११ दिन नाघिसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजन गर्न बाध्य भएको थियो । श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।
मन्त्रालय विभाजनको विषयमा सत्तारुढ सहयात्री दल कांग्रेस–एमालेबीच लामो समयदेखि विवाद भइरहेको थियो । मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि एमालेको अवरोधका कारण सम्भव नभएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस