चितवनस्थित अलपत्र गौतम बुद्ध त्रिकेट रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने
- गाउँ सहर संवाददाता
- २१ कार्तिक मंगलबार, २०८० | १६:५८:०० मा प्रकाशित

मकवानपुर । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बनाउनका लागि वाग्मती प्रदेश सरकारले लगानी गर्ने भएको छ ।
मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा भएको निर्णय अनुसार रंगशाला निर्माणका लागि प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी गर्ने भएको हो ।
बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति भएको हो ।
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको जनाएको छ । यस कार्यका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस