वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १६:३७:०० मा प्रकाशित

मकवानपुर । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल ललितपुरमा बस्दै आएका चालिसे लुम्बिनी प्रदेशको बर्दियाका हुन् । चालिसे जनसंख्या र बुढ्यौली विद हुन । अध्ययन र अनुसन्धानमा क्षेत्रमा कृयाशिल चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । त्रिभुवन विश्व विद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउछन् ।
नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।
अमृत साइन्स क्याम्पसबाट बीएससीसम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । उनी सो ब्याचका गोल्ड मेडलिस्टसमेत हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस