वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- गाउँ सहर संवाददाता
- २४ माघ मंगलबार, २०७९ | १६:३७:०० मा प्रकाशित
मकवानपुर । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल ललितपुरमा बस्दै आएका चालिसे लुम्बिनी प्रदेशको बर्दियाका हुन् । चालिसे जनसंख्या र बुढ्यौली विद हुन । अध्ययन र अनुसन्धानमा क्षेत्रमा कृयाशिल चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । त्रिभुवन विश्व विद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउछन् ।
नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।
अमृत साइन्स क्याम्पसबाट बीएससीसम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । उनी सो ब्याचका गोल्ड मेडलिस्टसमेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस